आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक आज बस्दैछ। संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने भएको छ । 

बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त राज्यमन्त्रीको नियुक्ति तथा कार्याभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ।

सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यको नाम हेरफेर गर्नेछन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्ने संसद् सचिवालयले जनाएको छ ।


 

प्रतिक्रिया

निर्वाचन आउन १६ दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प एक अर्कामाथि ब्यक्रिगत आक्रमण बढाउँदै

निर्वाचन आउन १६ दिन बाँकी रहँदा ह्यारिस र ट्रम्प एक अर्कामाथि ब्यक्रिगत आक्रमण ब…

इजरायलले हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र वित्तीय संस्थालाई पनि नछोड्ने

इजरायलले हिजबुल्लाहलाई सहयोग गर्ने बैंक र वित्तीय संस्थालाई पनि नछोड्ने

टाउकोमा चोट लागेपछि ब्राजिलका राष्ट्रपतिको रुस भ्रमण रद्द

टाउकोमा चोट लागेपछि ब्राजिलका राष्ट्रपतिको रुस भ्रमण रद्द

पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय बैठकको निर्णय

पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमाले सचिवालय…

नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दा साझेदार पनि  :  उपाध्यक्ष घिमिरे

नेपाल र चीन नजिकका मित्र मात्र नभइ भरपर्दा साझेदार पनि :  उपाध्यक्ष घिमिरे

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छः पूर्वप्रधानमन्त्री डा. भट्टराई

सरकार र निजी क्षेत्रको सहकार्यबाट मात्र आर्थिक समृद्धि हासिल गर्न सकिन्छः पूर्वप्र…

सहरी विकासमन्त्रीकाे सय दिने उपल्ब्धि  र आगामी योजना सार्वजनिक

सहरी विकासमन्त्रीकाे सय दिने उपल्ब्धि र आगामी योजना सार्वजनिक

सरकारले विश्व बैंकबाट १५ करोड डलर सहुलियतपूर्ण ऋण स्वीकार्ने

सरकारले विश्व बैंकबाट १५ करोड डलर सहुलियतपूर्ण ऋण स्वीकार्ने