बंगलादेशको हिंसात्मक झडपमा १३ प्रहरीसहित ९० जनाको मृत्यु

एजेन्सी । बंगलादेशमा  हिंसात्मक प्रदर्शन भइरहेको छ । यसमा परी कम्तिमा ९० जनाको मृत्यु भएको छ भने सयौँ व्यक्तिहरू घाइते भएका छन् । प्रदर्शनमा प्रदर्शनकारीहरुले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै आइरहेका छन् । 

हजारौँ बङ्गलादेशी प्रदर्शनकारीहरुले  लाठी, छुरा र बन्दुकसहित सरकार समर्थकहरूसँग झडप हुँदा  कम्तीमा ९० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । 

विद्यार्थी नेताहरूले प्रधानमन्त्री शेख हसिनालाई राजीनामा दिनुपर्ने माग गर्दै सविनय अवज्ञाको अभियान घोषणा गरेपछि आन्दोलन भएको हो । सिराजगन्ज जिल्लाको प्रहरी चौकीमा हजारौं मानिसले आक्रमण गर्दा १३ प्रहरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रदर्शनक नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यासलगायत प्रहार गरेको छ । तर, प्रदर्शन झन् उग्र बन्दै गएको छ । सरकारले आइतबार बेलुकाबाट राष्ट्रव्यापी कर्फ्यूको आदेश दिएको छ ।

राष्ट्रव्यापी नागरिक अवज्ञा अभियानमा सग्लनहरुले समर्थकहरूलाई सरकारविरुद्ध लड्न तयार हुन आग्रह गरेका छन । सेनाले आरक्षण प्रणालीको चर्को विरोधका बीच सरकार पुनर्स्थापना गर्न मद्दत गरिरहेको बेला केही पूर्व सैन्य अधिकारीहरू भने विद्यार्थी आन्दोलनमा सामेल भएका छन् । वर्तमान सेना प्रमुख वाकर–उज–जमानले भने बङ्गलादेशी सेना जनताको विश्वासको प्रतीक भएको बताएका छन । 

सेनाले केही समयका लागि आन्दोलनको अवस्था शान्त बनाएर व्यवस्था पुनःस्थापित गरेको भएतापनि प्रधानमन्त्रीको राजीनामाको माग गर्दै यस हप्ता ठूलो संख्यामा जनता पुनः सडकमा फर्किएका हुन ।
 

प्रतिक्रिया