बिजुलीको बक्यौता उठाउनुपर्छ भनेर आवाज उठाउने सञ्चालकलाई हटाएर नयाँ नियुक्ति

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालकमा सरकारले देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङलाई नियुक्त गरेको छ । उद्योगहरूबाट बिजुलीको बक्यौता प्रिमियम महसुल उठाउनुपर्छ भनेर आवाज उठाउँदै आएका  सञ्चालकद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाइएपछि उक्त ठाउँमा  सरकारले दुई नयाँ सञ्चालक नियुक्त गरेको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै रिक्त सञ्चालक समितिमा कार्की र गुरुङलाई नियुक्त गरेको हो ।

यसअघि लाइन जोड्ने विषयमा असहमति जनाएका भक्तबहादुर पुन र कपिल आचार्यलाई स्पष्टीकरण सोध्दै पदमुक्त गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन नमानेको र सरकारलाई असहयोग गरेको भन्दै गत साता पुन र आचार्यलाई स्पष्टीकरण सोधिएको थियो ।

कार्की यसअघि ऊर्जा सचिव थिए । गुरुङ पञ्चेश्वर विकास प्राधिकरणमा थिए ।

 

 

प्रतिक्रिया