परराष्ट्रसचिव लम्साल सोमबार ओमान जाने

काठमाडौ । परराष्ट्र सचिव सेवा लम्साल सोमबार ओमान जाने भएकी छिन् । साउन २३ गते मस्कटमा हुुन गैरहेको नेपाल र ओमानबीचको पहिलो द्विपक्षीय परामर्श संयन्त्र बैठकमा सहभागी हुन सचिव लम्साल नेतृत्वको टोली ओमान जान लागेको हो ।

भ्रमणका क्रममा परराष्ट्रसचिव लम्साल मस्कटमा विभिन्न औपचारिक भेटघाट तथा कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । सचिव लम्साल यही साउन २५ गते स्वदेश फर्किनेछिन् ।

प्रतिक्रिया