अजयको र तब्बुको चलचित्र ‘औरो में कहाँ दम था’ भयो फ्लप
एजेन्सी । भारतीय अभिनेता अजय देवगन र अभिनेत्री तब्बु अभिनित चलचित्र ‘औरो में कहाँ दम था’ फ्लप बन्न पुगेको छ ।
गत मार्चमा आएको अजयको चलचित्र ‘शैतान’ले बक्स अफिसमा डेढ सय करोड भारु को आँकडा नघाएको थियो । यसपछि भने उनका चलचित्र लगातार बक्स अफिसमा डुबिरहेका छन् ।
गत अप्रिलमा उनी अभिनीत चलचित्र ‘मैदान’ प्रदर्शनमा आएको थियो । साढे २ सय करोड भारुमा बनेको चलचित्रले भारतमा मुश्किलले ५० करोड भारु कमाई गर्यो ।
यसैबीच, अजयको अहिलेको चलचित्र ‘औरो में कहाँ दम था’ पनि हलमा फ्लप अवस्थामा पुगेको छ । यही शुक्रबार देखि प्रदर्शनमा आएको यो चलचित्रको ओपनिङ नै दयनीय रह्यो । २ करोड भारुको ओपनिङ मिलेको चलचित्रले दोस्रो दिन २ करोड १५ लाख (दुई दिनमा ४ करोड १५ लाख) भारु कमाएको छ । आइतबार भारतमा सार्वजनिक विदा भएकाले ३ करोड भारु सम्म कमाउने प्रक्षेपण छ ।
‘वर्ड अफ माउथ’ कमजोर रहेकाले सोमबारबाट चलचित्रको व्यापार लाखमा झर्ने देखिन्छ । चलचित्रको लाइफटाइम कलेक्सन बढीमा १० करोड भारु रहने भारतीय मिडियाको आँकलन छ । जबकि, यसको निर्माण लागत मात्र एक सय करोड भारु हो ।
प्रतिक्रिया