अमेरिकामा कमलाले कमाल गर्ने सम्भावना

इतिहास रच्नेको लेखिन्छ।कमला ह्यारिस इतिहास रच्ने दौडमा निकै अगाडि कुदिसकिन।

अलग इतिहास रचेका बाराक ओबामा कमलाका सारथि भएपछि देखिएको नयाँ इतिहास रच्ने अवसर कमला ह्यारिसको लागि चुनौती सँगसँगै ठूलो महायुद्द हो।अमेरिका बिवेकशील नागरिकको इतिहास रच्ने मैदान हो जुनसुकै विधामा।सँगसँगै पागल र सनकसिंहरूले युद्द गर्ने दलदल पनि हो अमेरिका।हिलारी क्लिन्टनको लोकप्रियता अमेरिकन उपल्लो दर्जाका राजनितीकर्मी हरूका लागि पचेन र उनी प्रतिस्पर्धामा चुकिन।

जतिसुकै लोकप्रिय भएपनि अमेरिकन राजनीति महिलाको नेतृत्व स्वीकार्न चाहदैन र त हिलारी जनताको राष्ट्रपति भैकन नीति निर्माताको रोजाईमा परिनन।त्यो हिलारीको नजीर कमलाको लागि प्रयोग हुन्छ कि हुदैन ? कौतुहलता बढ्दैछ।आप्रवासीको छनोटमा को पर्छ,आप्रवासीको लागि के के मुद्दा अगाडि सारिन्छ ? यो राजनीतिक मुद्दा पनि अमेरिकन चुनावको एउटा हतियार हो।डोनाल्ड ट्रम्प आप्रवासीको छनोटमा नपर्ने उम्मेद्वार थिए बिगतमा।अहिले समय फेरिएको छ, ट्रम्पको चुनाव जित्ने अभियान भित्र साम,दाम दण्ड,भेद सबै किसिमका अस्त्र तयार छन।ट्रम्पमाथि अदालतमा मुद्दै मुद्दा छ। आफै बसेको ह्वाईट आउस आक्रमणको घटना उनकै रणनीति थियो भन्ने कुरा अमेरिकन जनतालाई व्याख्या गरिराख्नु पर्दैन।तथापि डोनाल्ड ट्रम्पको लोकप्रियतामा कमी आएको छैन।

वी मेक अमेरिकाको थोत्रो नारामा ट्रम्पले कस्तो रङ्ग पोत्छन टुङ्गो छैन।ट्रम्प कमजोर थिएनन् बाईडेनको अगाडि, तर समयले कोल्टे फेरेको छ अहिले।बाईडेनको बिकल्प खोजिएको थियो त्यो पुरा भयो।तर बिकल्पको जेण्डर फरक पर्‍यो ।  हो यही जेण्डरको भोली राष्ट्रपतिको चुनावमा हार नहोला भन्न सकिन्न।जतिसुकै प्रजातन्त्रको मसिहा भनेपनि अमेरिकामा श्वेत र अश्वेतको विभेद कायम छ,रहिरहन्छ । यो मानसिकता हो।तैपनि ओबामाले त जितेकै हुन चुनाव भन्ने पनि लाग्न सक्छ अमेरिका भन्दा परका मानिसलाई।हो त्यहि हो इतिहास रच्ने भनेको,बाराक ओबामाले रचेको इतिहासमा कमलाको प्रवेशले त्यो इतिहासको गारोमा एउटा ईंटा थप्ने भयो।ओबामा आफैं कमलाको चुनावमा होमिएपछि अमेरिकन राष्ट्रपतिको चुनाव रोचक बन्दै गएको छ।
विश्व पावर अमेरिका युद्द चपेटामा परेको यो समय चुक्न चाहदैन।रूस युक्रेन युद्दको निरन्तरताले अमेरिकालाई अप्ठेरो छ, उ त्यो अप्ठेरो देखाउन चाहदैन।

इजरायल बिरूद्द मुस्लिम देश एकढिक्का भएका छन त्यो अर्को चुनौती थपिएको छ।युद्द भूमिमा जेलेन्स्की र नेतान्याहु जो अगाडि उभिएपनि फायर ट्रिगर दवाउने अमेरिकाले नै हो।त्यसैले यो समय अमेरिकाको लागि तर्क वितर्कको होईन युद्दको हो भन्ने राम्ररी थाहा छ।

अब युद्द रोक्ने कि जारी राख्ने ? अमेरिकन राष्ट्रपतिको चुनाव यसैमा केन्द्रीत हुन्छ,हुनुपर्छ।ट्रम्पले फायर खोलिसके उनले जिते रूस युक्रेन वार रोकिने छ।कमलाको आकर्षण के त ? ढिलो नगरी कमला ह्यारिसले फायर खोल्नुपर्छ।अब इतिहास रच्ने पालो कमलाको हो।ख्याल रहोस, विश्व शान्ती चाहन्छ युद्द होइन।नो मोर वार कमला !!!

प्रतिक्रिया