मर्दीमा मानव हाडसहित ज्याकेट-मोवाइल फेला, वेपत्ता स्वीडिस नागरिकको हुनसक्ने

पोखरा । मर्दी हिमालको आधार शिविरमा मानव कंकाल फेला परेको छ। भेंडा र चौंरी चराउँदै गएका स्थानीय गोठाला तथा मालिकले शुक्रबार  कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मर्दी हिमालको आधार शिविर नजिकै मानिसको २ वटा हाड,टाउजर र आइफोन  फेला पारेका हुन् ।   हाड सहितको सामाग्री फेला पारेपछि  उनीहरुले वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई फोटो, भिडियोसहित जानकारी गराएका थिए । लगत्तै वडाध्यक्ष क्षेत्रीले प्रहरीलाई खबर गरेका थिए। वडा प्रहरी कार्यालय, बगरबाट प्रहरी  टोली घटनास्थलतर्फ लागेको छ।

‘फेला परेको कंकाल वेपत्ता भएका  स्वीडेनका नागरिक २२ वर्षीय मिचल लिउ ब्लोम्बर्गको हुनसक्ने  अनुमान गरिएको छ । लिउ गत पुस १४ गतेदेखि मर्दी हिमाल पदयात्राको क्रममा बेपत्ता भएका थिए।  लामो समयसम्म खोजी अनुसन्धान पछि पनि लिउको अवस्था अज्ञातनै रहेको थियो।

 स्वीडेनमा रहेको लिउका परिवारले भेटिएका कपडाको ब्रान्ड, मोवाइलले लिउकै भएको पुष्टि गरेका छ भने जिल्ला प्रहरी कार्यालय, कास्कीले मोबाइल र ज्याकेटको लोगोेले लिउको कंकाल पुष्टि हुने आधार रहेको बताएको छ ।

प्रतिक्रिया