आफ्नै देशमा ओलम्पिक भइरहदा फ्रान्सेली नागरिक भने देश बाहिर

दीपक चालिसे
फ्रान्स ।फ्रान्सको राजधानी पेरिसमा जारी  ओलम्पिक खेलमा सोचेजस्तो रौनक हुन नसकेको विश्लेषण गरिएको छ । 

खेल हेर्न विश्वभरीबाट धेरै दर्शक र पर्यटक भित्रिने फ्रान्सको अपेक्षा थियो । तर त्यस बिपरित खेलप्रेमी र पर्यटकहरु ३० प्रतिशत मात्रै आएका देखिन्छ ।

त्यतिमात्रै नभएर आफ्नै देशमा ओलम्पिक भइरहदा स्वयं फ्रान्सेली नागरिक पनि छुट्टी मनाउन बाहिर हिडेका छन् । खाद्यान्न लगायतका बिभिन्न सामग्रीमा भएको मूल्यबृद्धि,यातायातको टिकटमा भएको शतप्रतिशत बृद्धि अस्तब्यस्त सडक लगायतका  कारणले पनि ओलम्पिकमा असर परेको देखिन्छ ।

पर्यटकहरुले पनि ओलम्पिकका कारण धेरै सुरक्षा घेरा पार गर्नुपर्ने झण्झट भएकाले पर्यटन क्षेत्र प्रभावित भएको छ । यहाँ आएका पर्यटकहरु पनि सुरक्षा झण्झट,रेल्वे तथा मेट्रो  स्टेशनमा अनावश्यक रुपमा माग्नेहरुले दिने गरेका दुःखका कारण लगायतले आफ्नो भ्रमण छोट्याएर हिड्ने गरेका छन् ।   फ्रान्सका होटल तथा रेष्टुराहरु पनि खाली देखिएका छन् । 

फ्रान्स सरकारले ओलम्पिकमा सुरक्षा व्यवस्था कडा बनाएको छ । शहर बजारमा पनि सुरक्षा व्यवस्थापन चुस्त राख्ने प्रयास गरेको छ ।  
 

प्रतिक्रिया