अमिताभकी नातिनी नव्याको अभिनेता सिद्धान्तसँग ब्रेकअप
एजेन्सी । भारतीय अभिनेता अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दाको नाम लामो समयदेखि अभिनेता सिद्धान्त चतुर्वेदीसँग जोडिएको थियो । यसैबिच भारतीय संचार माध्यामकाहरुले दुवैको ब्रेकअप भएको बताएका छन् ।
दुबै लामो समयदेखि अहिले सँगै देखिएका छैनन् । यसबाहेक दुवैले सामाजिक सञ्जालमा पनि एकअर्कासँग दूरी कायम गरेका छन् । भारतीय संचार माध्याम बलिउड हंगामाले नव्या र सिद्धान्त औपचारिक रुपमा अलग भइसकेको बताएको छ ।
सामाजिक सञ्जालमा पनि प्रशंसकहरुले यी दुईबीचको दूरीलाई देखेका छन् । पहिले दुवैले इन्स्टाग्राममा एकअर्काको पोष्ट लाईक गर्थे तर अहिले उनीहरु एक अर्कोको साथी समेत रहेका छैनन् ।
उनीहरुको प्रेमको चर्चा त्यतिबेला सुरु भएको थियो, जब दुबै जना धेरै कार्यक्रममासँगै देखिएका थिए । उनीहरु बिदा मनाउन ऋषिकेश गएका थिए र त्यहाँबाट उनीहरुले तस्विर सेयर गरेका थिए । दुबै एकअर्काको घरमा हुने पार्टीमा पनि सँगै देखिएका थिए ।
हाल सिद्धान्त अन्तिम पटक नेटफ्लिक्समा रिलिज भएको ‘खो गए हम कहाँ’ मा देखिएका थिए। आगामी दिनमा उनी चलचित्र ‘धडक २’ मा देखिनेछन् । नव्याले भने अहिले चलचित्रमा काम गरेकी छैनन् ।
प्रतिक्रिया