सुमनालक्षित शिक्षामन्त्रीको टिप्पणी : शिक्षकलाई झोले हुन भनेर विद्यालयको गुणस्तरीयता पाउन सकिदैन

पोखरा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले लोकप्रियतावादी विचारले मात्र समाजको नेतृत्व गर्न नसकिने बताएकी छन् । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठलाई लक्षित गर्दै शिक्षामन्त्री भट्टराईले समाजको नेतृत्व गर्न लोकप्रियता वादी विचारले मात्र नहुने बताएकी हुन् ।

प्रेस चौतारी कास्कीले आइतबार पोखरामा आयोजना गरेका कार्यक्रममा मन्त्री भट्टराईले शिक्षकलाई अनावश्यक लाक्षना लगाउने र झोले हुन भन्ने तर तीनै शिक्षकहरूले विद्यालय धान्नुपर्ने कुराले खोजिरहेको गुणस्तरीयता पाउन नसक्ने उल्लेख गरिन् । ‘विद्यालय शिक्षा ऐन विचाराधीन छ । संसदमा छलफल चलिराखेको छ । शिक्षकको भूमिका के रहने भन्ने कुराको मापदण्ड त्यसले बनाइसकेको छ,’ उनले भनिन्, ‘यदि शिक्षकहरू आरोपित हुँदाखेरि हामीसँग छुट्टाछुट्टै ऐनहरू छँदैछन् । यी ऐनहरूमार्फत उहाँहरू कारबाहीमा पर्ने आधारहरू अलरेडी छन् । भएका ऐनहरू कार्यान्वयन गर्ने कुरामा सरकार दत्तचित्त भएर लाग्छ ।’


अदालतमा विचाराधीन भएका कारण शिक्षक निर्देशिका चलाउने नसकिएको मन्त्री भट्टराईले बताइन् ।‘अदालतले आदेश आएपछि त्यस अनुरुप अघि बढ्ने मन्त्री भट्टराईले बताइन् । 

 

प्रतिक्रिया