डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच आगामी सेप्टेम्बरमा बहस हुने

एजेन्सी । राष्ट्रपतिका उमेद्वार डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच आगामी सेप्टेम्बर ४ मा बहस हुने भएको छ । उपराष्ट्रपति समेत रहेकी ह्यारिससँग बहस गर्ने फक्स न्युजको प्रस्तावलाई डोनाल्ड ट्रम्पले स्वीकार गरेका हुन् । 

यसअघि सेप्टेम्बर १० मा एबीसी न्युजमा जो बाइडेन र ट्रम्पबिच बहस हुने कार्यतालिका थियो । तर, बाइडेन चुनावी दौडबाट बाहिरिएपछि ह्यारिससँगको बहसका लागि नयाँ मिति तय भएको हो । 

बाइडेनले उम्मेदवारी फिर्ता लिएपछि ट्रम्पले अब एबीसी न्युजमा बहस सकिएको बताएका थिए ।

प्रतिक्रिया