कारागारमा क्षमताभन्दा पाँच गुणा बढी कैदीबन्दी
ताप्लेजुङ । ताप्लेजुङ फुङ्लिङ जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ ।
करिब २५ जनाको क्षमता भएको कारागारमा पाँच गुणा बढी कैदी राखिएको हो ।
जिल्ला कारागार कार्यालयका प्रमुख कुलेन्द्र खवासका अनुसार हाल एक सय २३ कैदी र २२ थुनुवा गरी एक सय ४५ कैदीबन्दीलाई राखिएको छ ।
कारागारमा ७३ जना जबर्जस्ती करणीका मुद्दामा छन् ,भने ज्यान मार्ने उद्योगका सात, कर्तव्य ज्यान तथा हातहतियार खरखजानाका एक, डाका र चोरी मुद्दाका छ, लागुऔषधका छ र सवारी दुर्घटना गराएका तीनजना कैदीबन्दी छन् ।
विसं १९९२ मा २५ जना कैदीबन्दी अटाउने गरी निर्माण गरिएको कारागार तीन रोपनी क्षेत्रफलमा फैलिएको छ । यहाँ साना–ठूला गरेर नौवटा घर छन् ।
रासस
प्रतिक्रिया