मिस नेपालको उपाधि आश्माकुमारी केसीलाई

काठमाडौं । मिस नेपाल २०२४ को उपाधि आश्माकुमारी केसीले हात पारेकी छन् ।  मिस नेपालको ३० औं संस्करणमा २५ सुन्दरीलाई पछि पार्दै आश्माले ‘मिस नेपाल वल्र्ड’को उपाधि जितेकी हुन् । 

शनिबार भएको ग्राण्ड फिनालेमा ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि करुणा रावत र मिस नेपाल अर्थको उपाधि सुमना केसीले जितेकी छन् । उत्त प्रतियोगितामा श्रद्धा सिलवाल मिस फोटोजेनिक, आश्मा कुमारी केसी फेस अफ द ईयर, दिक्षा अवस्थी मिस इन्टलेक्चुअल, सुमना केसी ब्युटी विथ अ पर्पोज र कृति श्रेष्ठ वुमन विथ विंग्स बनेका छन् । 

प्रतियोगितामा २६ जनाको  सुन्दरीहरुको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया