निरन्तर दुई बर्षसम्म बच्चालाई आमाले स्तनपान गराउँदा दुबैको स्वास्थ्यमा फाईदा हुने

चितवन । चिकित्सकहरुले निरन्तर दुई बर्षसम्म आमाले बच्चालाइ दुध खुवाउदा बच्चालाई मात्रै नभई आमालाई पनि धेरै फाईदा हुने बताएका छन् ।

स्तनपान सप्ताहको अवसरमा चितवनको भरतपुरमा आयोजित कार्यक्रममा चिकित्सकहरुले दुई बर्षमम्म आमाको दुध खुवाउदा आमा बच्चा दुबैलाई दीर्घकालिन फाइदा हुने बताएका हुन् । उनीहरुले बच्चाको शारिरिक र वौद्दिक विकासका लागि आमाको दुध महत्वपूर्ण भएको बताउँदै पहिलो छ महिना वच्चालाई दूध मात्रै खुवाउनै पर्ने बताए । चिकित्सकहरुले नियमित स्तनपानले महिलाहरुलाई डिम्वासयको क्यान्सर हुनवाट बचाउने र व्रेष्ट क्यान्सर नहुने पनि बताएका छन् । 

चिकिसत्कहरुले तत्काल स्तनपान गराउनाले सालनाल छुट्टिन पनि सहयोग पुग्ने, दुधको मात्रा वढ्ने, स्तन गानिने र दुधेलो हुने समस्या नहुने पनि बताए । शिशुका लागि २४ घण्टामा १२ देखि १४ पटक स्तनपान गराउनु अति राम्रो हुने उनीहरुको भनाइ छ ।

प्रतिक्रिया