हैसियतअनुसार काम गर्न नसक्दा काठमाडौं महानगरको स्तर खस्कियो : पूर्वप्रमुख शाक्य
काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्यले हैसियतअनुसार काम गर्न नसक्दा महानगरको स्तर खस्किएको बताएका छन् ।
शनिवार नेपाल खेलकुद महासंघ काठमाडौंले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा बोल्दै पूर्वप्रमुख शाक्यले महानगर प्रमुख बालेन्द्र साहले भने जसरी काम नगर्दा आफ्नो पालामा भन्दा अहिले महानगरको स्तर खस्किएको बताएका हुन् । उनले अरुलाई गाली गरेर जस लिने तर काम केही पनि नगर्ने प्रवृत्ति हुनु नहुने पनि उल्लेख गरे । पूर्वप्रमुख शाक्यले आफू काठमाडौं महानगरको प्रमुख हुँदा राम्रा कामहरु गरेको दाबी समेत गरे ।
पूर्वप्रमुख शाक्यले स्थानीयको इच्छा विपरित महानगरले काम गरिरहेको दाबी गरे । उनले न्युरोडमा नगर प्रहरीको बलमा जनप्रतिनिधिलाई पेल्ने काम भएको आरोप समेत लगाए । पूर्वप्रमुख शाक्यले नगर प्रहरीको बलमा गुण्डागर्दी सह्य नहुने चेतावनी समेत दिए ।
प्रतिक्रिया