माग्ने बुढाका छोरा चलचित्रमा डेब्यु गर्दै
काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘होस्टेल–३’बाट हास्य कलाकार ‘माग्ने बुढा’ (केदार घिमिरे) का छोरा आशिष घिमिरेले ले डेब्यु गर्ने भएका छन्
चलचित्र ‘होस्टेल–३’ले छायांकन अगावै प्रदर्शन मिति घोषणा गरिरहेको छ । भदौ २१ गते छायांकनमा जान लागेको यो चलचित्र फागुन १६ गते प्रर्दशन हुने निमार्ण पक्षले जानकारी दिएको छ ।
आशिषले बाल्यकालमा चर्चित हास्य टेलिचलचित्र ‘मेरी बास्सै’मा आफ्नै बुबासँग ‘धुन्धुकारी’ नामक पात्रको रुपमा काम गरेका थिए । अब उनी चलचित्रमा देखिने भएका छन् ।
यसअघि प्रमुख भूमिकामा पारस बम, रिहान गिरी, पदम तामाङ र सिम्रन पन्त अनुबन्धित भइसकेका छन् । ‘होस्टेल–३’ को लागि माधव शर्माले स्क्रिप्ट लेखेका छन् । यसको निर्देशन निर्देशक सशान कँडेलले गरेका हुन् ।
‘होस्टेल ३’लाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा बनाउँदै छ। यसका कार्यकारी निर्माता शङ्कर कोइराला हुन् भने निर्माताहरू कर्ण कार्की र गोविन्द अधिकारी हुन्।
प्रतिक्रिया