जापानमा १२६ वर्ष यताकै अधिकतम तापक्रम

एजेन्सी । जापानमा मौसम मापन सुरु भएदेखि यस वर्षको जुलाईमा १२६ वर्ष यताकै अधिकतम तापक्रम मापन गरेको मौसम विभागले जनाएको छ । 

गत वर्ष जुलाईमा मापन गरिएको औसतभन्दा १.९१ डिग्री सेल्सियस बढी तापक्रमको रेकर्ड तोड्दै यस वर्ष जापानको तापक्रम औसतभन्दा २.१६ डिग्री सेल्सियसले बढेको हो ।  जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले  राष्ट्रव्यापी रूपमा तथ्याङ्क उल्लेखनीय रूपमा उच्च भएको उल्लेख गरेको हो । 

प्रशान्त महासागरको उच्च चाप र दक्षिणबाट आएको न्यानो हावा तापक्रम वृद्धि गर्ने मुख्य कारक रहेको जेएमएले बताएको छ । विपद् व्यवस्थापन एजेन्सीका अनुसार अप्रिलदेखि जापानमा अत्यधिक तापक्रमका कारण आउने स्वास्थ्य समस्या (हिटस्ट्रोक) का कारण ५९ जनाको मृत्यु भएको छ । 

गत महिना  टोकियोको पश्चिम सिजुओका यसवर्ष ४० डिग्री सेल्सियस तापक्रम पुग्ने पहिलो जापानी क्षेत्र बनेको छ ।

प्रतिक्रिया