काठमाडौँको एक होटलमा महिला र पुरुष मृत फेला

काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित  एक होटलमा एक पुरुष र महिला मृत अवस्थामा फेला परेका छन्। सिनामंगलको झर्ना गेष्ट हाउसमा बाजुराको त्रिवेणी–४ का २३ वर्षीय भरतबहादुर सार्की र करिब २० वर्षीया करिश्मा सार्की मृत फेला परेका हुन्।

प्रहरीका अनुसार भरत पंखामा झुण्डिएको अवस्थामा र करिश्मा घाँटी काटिएको अवस्थामा मृत फेला परेका हुन्।

उनीहरु साउन १५ गतेदेखि उक्त होटलमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ। शुक्रबार दिउँसो १२ बजेसम्म पनि उनीहरु खाना खान नगएको र बोलाउँदा पनि कुनै प्रतिक्रिया नदिएपछि प्रहरीलाई खबर गरिएको थियो।

प्रतिक्रिया