सुदूरपश्चिमका मुख्यमन्त्री साेडारीले दिए राजीनामा

काठमाडौ । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिएका छन्। उनले संसदबाटै विश्वासको मत नलिइकन राजीनामाको घोषणा गरेका हुन्।

केन्द्रमा नयाँ समीकरण पश्चात् असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए। उनले राजीनामा नदिएर संसदबाटै विश्वासको मत लिने बताएका थिए।

एमालेले सर्मथन फिर्ता लिएको शुक्रबार ३० पूरा भएको छ।  बुधबार पत्र पठाएर शुक्रबार चार बजेका लागि बैठक आह्वान गरेका थिए। यद्यपि बैठकमा विश्वासको मत नलिइकन उनले राजीनामा घोषणा गरेका हुन्।

साेडारी सरकार ढलेपछि अब सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा सरकार गठन हुने बताइएकाे छ । कांग्रेसबाट चार जनाले मुख्यमन्त्रीका लागि दाबी गरिरहेका छन् ।

प्रतिक्रिया