पशुपतिको कोटीहोम, चण्डाल चौकडीको लुट !
सर्वसाधारणलाई सजिलै ठग्न सक्ने धूर्तहरूको समूह हो चण्डाल चौकडी।यो समूहमा मारवाडी,भागवत कथा वाचक,अर्थ संकलक र समाजसेवा आश्रमको नाम मिश्रण भएको छ।
सारडा ग्रुप भनेर परिचय बनाएको मारवाडी समुहको मास्टर प्लान हो, पशुपतिमा भैरहेको कोटीहोम।धर्म बिक्दैन, बेचिन्छ चण्डाल चतुरहरूको योजनामा।मानव सेवाका लागि मानव सेवा फाउण्डेसन लगायत संस्थाहरूको अथक प्रयास जारी छ, कोटीहोम स्थल पाशुपत क्षेत्रमा।यो कोटीहोम निस्फिक्री चलिरहेको छ।सँगसँगै कोटीहोममा कथा वाचन गर्ने पात्रहरूको जीवनगाथादेखि उपस्थितिसम्मको टिकाटिप्णी झन् झन् चासो र बिवादास्पद हुँदै जानू राम्रो सन्देश भने होईन।धर्मप्रति मनबाट आस्था हुनेले स्मरण गर्ने श्लोक हो,यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।यति श्लोक बुज्नेले धर्मलाई साक्षी राखेर ब्रम्हलुट कहिल्यै गर्नसक्दैन।यहाँ यो श्लोकको ठीक बिपरित ढंगबाट श्रद्दालु भक्त ठगेर धनआर्जनमा लागे कोटीहोम आयोजक भन्ने आरोपको पारो दिनहुँ बढ्दो छ किन ? आयोजकले यो प्रश्नको चित्तबुझ्दो जवाफ दिन सकेनन् भने भोलीका दिनमा यस्ता धार्मिक समारोहप्रति सर्वसाधारणको विश्वासमा कमी आउने पक्का छ।
केही समय अगाडि काभ्रेको लड्केश्वरमा मुकुन्द शर्माको एकल प्रयासमा भएको कोटीहोम सफलताका साथ सम्पन्न भयो । तर बिवाद रहित हुन सकेन।स्थानीयवासीले आयोजक मुकुन्द शर्मामाथि आर्थिक हिनामिना गरेको र कोटीहोमको आर्थिक गतिविधी पारदर्सी नभएको आरोप लागाए।मेरो प्रयासमा भएको मैले यी गाउँलेलाई हिसाब किताब देखाउनु पर्ने किन ? भन्ने सोचले होला लड्केश्वर कोटीहोमको फेहरिस्त हिसाब किताब सार्वजनिक भएको आजको मिति सम्म मैले देखे सुनेको छैन।यो स्मरण गराएर मैले ठीक गरें कि गरिन त्यो तपाईं पाठकले नै निर्णय गर्ने विषय हो।यो पृथ्वीमा धर्म संकटमा परेको र अधर्मको जगजगी हुन थालेको प्रस्ट देखिदै छ । यो बिनासको संकेत हो।धर्म बिनासकहरू फरक –फरक भेषभुषा र फरक– फरक भावभंगीमा देखिन्छन् । यो चण्डाल चौकडीको बिशेषता हो।यस्ता चतुर चण्डालहरूको समूह पाश्चात्य मुलुकहरूमा अझ बढी सकृय छन्,हुन्छन।पशुपति जस्तो पवित्र देवभूमिमा शास्त्रले नदिएको कोटीहोम गर्ने अधिकार कस्ले दियो? यो प्रश्नपनि अहिलेको जल्दो बल्दो चासोको विषय बनेको छ।
पशुपति विकास कोष पाशुपत क्षेत्रको संरक्षक हुनुपर्ने हो।पछिल्लो समय पशुपति विकास कोष पनि अन्य संघसंस्था जस्तै बिवाद रहित हुनसकेको छैन।कोषले कोटीहोम गर्ने अनुमति किन दियो ? पशुपति विकास कोष सँगसँगै पंचाङ्ग निर्णायक समिति पनि कोटीहोम बिवादमा तानिनु अर्को दुःखद पक्ष हो।आयोजकले झुक्याएर पंचाङ्ग निर्णायक समितिको साईत जुराएको पत्रलाई कोटीहोम गर्ने अनुमति पत्र बनायो भन्ने चर्चा सुनिदै छ,यो पनि बेलैमा छानबिन भएर सत्य र तथ्य बाहिर आओेस,म जस्ता सुवेच्छुकहरूको शुभकामना छ।
प्रतिक्रिया