मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन एमाले र कांग्रेसको ह्विप

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई विश्वासको मत नदिन कांग्रेस र एमालेले ह्विप जारी गरेका छन्। आज संसदीय दलको कार्यालय बसेको बैठकले विश्वासको मत नदिने निर्णय गरेको हो।

आज साँझ ४ बजे प्रदेश सभा बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन लागेका हुन्। ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सोडारीले विश्वासको मत पाउन २७ मत आवश्यक पर्छ। सुदूरपश्चिममा कांंग्रेसका १८ र एमालेका ११ सांसद छन्।
 


 

प्रतिक्रिया