भेनेजुयलामा विपक्षी पार्टीले राष्ट्रपतीय निर्वाचन जितेको अमेरिकी दाबी

एजेन्सी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भेनेजुएलामा हालै सम्पन्न राष्ट्रपतीय  निर्वाचनमा  विपक्षी पार्टी विजयी भएको बताएका छन् । 

गतहप्ता सम्पन्न भएको निर्वाचनमा वर्तमान राष्ट्रपति निकोलस मादुरोले आफूले निर्वाचनमा विजयी भएको भनेर  विवादित घोषणा गरेका थिए । तर अमेरिकी विदेशमन्त्री  ब्लिन्केनले मादुरोले निर्वाचनमा जीत हासिल नगरेको भन्दै विपक्षी दलका नेता एडमन्डो गोन्जालेजले विजयी हासिल गरेका धेरै प्रमाण आफूहरुसँग भएको दाबी गरेका हुन । उनले मादुरो विजयी नभएको पनि दाबी गरेका छन् । 
 ब्लिन्केनले  एक विज्ञप्ति जारी गर्दै गोन्जालेजले निर्वाचन जितेको बताएका हुन् । 

गत आइतबार सरकार नियन्त्रित निर्वाचन परिषद्ले राष्ट्रपति मादुरोले तेस्रो कार्यकालका लागि चुनाव जितेको घोषणा गरेको थियो। चुनावअघिको जनमत सर्वेक्षणले प्रतिद्वन्द्वीलाई स्पष्ट जितको संकेत गरेको थियो । कतिपय देश भने मादुरोको पक्षमा उभिएका छन् । यसले भेजेजुयलामा तनाव बढ्ने देखिएको छ । 

राष्ट्रपति मादुरोको विजयको घोषणाले भेनेजुयलाको काराकासमा ब्यापक  प्रदर्शन शूरु भएको छ । यसको विश्वव्यापी रुपमा  आलोचना भएको छ । विश्वभरका धेरै देशले  भेनेजुएला सरकारलाई मत परिणामको प्रमाण जारी गर्न माग गरेका छन्। यसले भेनेजुयलामा अर्काे चुनाव हुनसक्ने आकलन गरिएको छ । त्यहाँ  गत २८ जुलाईमा निर्वाचन भएको थियो ।  
 

प्रतिक्रिया