ओली नेतृत्वको सरकारमा थपिए तीन राज्यमन्त्री

पूर्णता, कांग्रेसबाट २ र नागरिक उन्मुक्ति पार्टीबाट १ जना राज्यमन्त्रीमा नियुक्त

काठमाडौ । प्रधानमन्त्री केपी ओलीले सरकारलाई पुर्णता दिएका छन । आज तीन जना राज्यमन्त्री थप गरेर ओलीले सरकारलाई पुर्णता दिएका हुन । नेपाली कांग्रेसले सांसदहरु रुपा बिक र पूर्णबहादुर तामाङ तथा नागरिक उन्मुक्तिमा अरुण चौधरीलाई प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले राज्यमन्त्री नियुक्त गरेका हु्न । तामाङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, विक वन तथा वातावरण र चौधरीसंस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री नियुक्त भएका हुन । तामाङ रामेछाप, विक कपिलवस्तु र चौधरी कैलालीका प्रतिनिधि सभा सदस्य हुन । चौधरी नागरिक उन्मुक्तिको संसदीय दलका नेता पनि हुन् । रञ्जिता श्रेष्ठलाई हटाएर उनी गत महिना संसदीय दलको नेता बनेका थिए । अरूण चौधरी रेशम चौधरी पक्षका हुन् ।। 

president

प्रतिक्रिया