सामाखुसीको सिटी स्क्वायर मलमा  नयाँ चलचित्र हलको उद्घाटन

काठमाडौं । काठमाडौँको  सामाखुसीमा रहेको सिटी स्क्वायर मलमा क्यूएफएक्स चेनले नयाँ हल खोलेको छ ।

बिहीबार साँझ आयोजित एक समारोहबिच सिटी स्क्वायर मलको नौ तल्लामा यो हलको उद्घाटन गरिएको हो । 

अभिनेता  रमेश उप्रेती , दीपकराज गिरी, ,प्रकाश सपूत, किरण केसी,  जितु नेपाल, निर्मल शर्मा, र अभिनेत्री नीति शाह लगायत कलाकारहरुले हलको संयुक्त उद्घाटन गरेका थिए । 

करिब १८ करोडको लागतमा निर्माणमा ल्याइएको  यस हलको हरेक पर्दामा सोफा सेट सहित सुतेर फिल्म हेर्न मिल्ने सिटहरू जडान छ । 

नेपालकै अग्रणी मल्टीप्लेक्स चेन क्यूएफएक्स ब्रान्डले व्यवस्थापनको जिम्मेवारी लिँदै देशभर आफ्नो हल सङ्ख्या १७ वटा पुर्‍याएको छ । 


 

प्रतिक्रिया