मनाङमा घोडा कुदाउने यार्तुङ पर्वको रौनक सुरु

हिमाली जिल्ला मनाङमा सद्भावको पर्वको रुपमा यार्तुङ अर्थात घोडे जात्रा पर्वको रौनक सुरु भएको छ । वर्षाका बेला पर्ने यस पर्वमा घोडा कुदाउने गरिन्छ । यस पर्व विशेषगरी खेतीपातीको उत्पादन राम्रो होस्  तथा खेतीबाली लगाइसकेपछि थकान मेटाउनका लागि यार्तुङको परम्परागत सुरुआत गरिन्छ ।
माथिल्लो मनाङको मनाङ गाउँ, खाङ्सार, पिसाङ, भ्राका, हुम्डे र सदरमुकाम चामेसम्म यस पर्व मनाइन्छ । माथिल्लो मनाङमा पाँच दिनसम्म मनाउने गरिन्छ ।    विशेषगरी लामाले नाचेर पर्व मनाउने गरिन्छ ।    यो पर्व पाँच दिन मनाउने प्रचलन छ । यस पर्वलाई उत्साह पूर्वक मनाउने प्रचलन रहेको स्थानीय बताउँछन् ।
मनाङ ङिस्याङका सबैले खेती रोपिसकेपछि मनाउने गरिन्छ । मनाङवासीले घोडालाई भगवानको रुपमा नै पुज्ने गर्दछन् । खेतीपाती लगाउने सिजन सकिएपछि फुर्सदको बेला घोडालाई संयुक्त रुपमा पुजिने पर्व हो । घोडालाई मनाङमा महत्वपूर्ण साधनको रुपमा लिइन्छ । यस पर्वले घोडालाई संरक्षण गर्न प्रोत्साहन गर्छ । अहिले सवारीसाधन आएपछि घोडाको स्थान सीमित हुँदा त्यसको प्रभाव यार्तुङमा पर्न थालेको छ । स्थानीयले खाद्यान्न, घाँस, दाउरा, लेकबाट जडिबुटी संकलन, औषधि ढुवानी, बिरामीलाई अस्पताल लैजान समेत घोडाको प्रयोग गर्दै आएका छन् । 

प्रतिक्रिया