जनकपुर-अयोध्या रेल सञ्चालनको तयारी अन्तिम चरणमा

जनकपुर । जनकपुरधामदेखि भारतको अयोध्यासम्म रेल सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भइरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । भौतिक मन्त्रालयमार्फत जनकपुरधामबाट अयोध्या हुँदै दिल्लीसम्मका लागि रेल सेवा सञ्चालनमा ल्याउने तयारी गरिएपनि पहिलो चरणमा अयोध्यासम्म मात्रै सञ्चालनमा आउने भएको कम्पनीले जनाएको छ । 
पहिलो चरणमा अयोध्यासम्म मात्रै रेल सञ्चालनमा ल्याउने तयारी गरिएपनि दिल्लीसम्म रेल सेवा सञ्चालन गर्नका लागि पहल जारी राख्ने कम्पनीले जनाएको छ । सप्ताहको एक दिन अयोध्यासम्म जनकपुरधामबाट रेल गुड्ने तयारी स्वरुप समय तालिका समेत सार्वजनिक भएको छ भंगहादेखि बर्दिवाससम्मको रेल्वे लिक निर्माणको कार्य चाँडै शुरु गर्ने कम्पनीको तयारी छ । १५ प्रतिशत मुआब्जा विवाद समाधान गरेर कार्तिक महिनादेखि निर्माण कार्य अगाडी बढाइन तयारी गरिएको छ । 

प्रतिक्रिया