पछिल्लो सात महिनामा साढे छ लाख पर्यटक नेपाल भित्रिए

काठमाडौ । सन् २०२४ को सात महिनामा छ लाख ४७ हजार ६१५ पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२३ को सोही समयमा पाँच लाख ३४ हजार २०६ पर्यटक नेपाल भित्रिएका थिए । पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो सात महिनामा नेपाल भित्रिएका पर्यटकको सङ्ख्या गत वर्षको तुलनामा २१.२२ प्रतिशतले बढी हो । सन् २०२४ को जुलाईमा ६४ हजार ५ सय ९९ पर्यटक नेपाल भित्रिएका छन् । यो संख्या गत वर्षको जुलाईको तुलनामा ११.९१ प्रतिशतले बढी हो । गत वर्ष ५७ हजार ७ सय २६ जना विदेशी पर्यटक नेपाल आएका थिए । जुलाईमा सार्क राष्ट्रबाट ४२ प्रतिशत, एसियाका अन्य मुलुकबाट १८, युरोपबाट १४, अमेरिकाबाट १३, ओसियानालगायत अन्य मुलुकबाट १२ प्रतिशत पर्यटक नेपाल भित्रिएका छन । 
जुलाईमा नेपाल भित्रिएका पर्यटकको सङ्ख्या सन् २०१९ को तुलनामा भने नौ प्रतिशतले कम देखिएको छ । कोरोना महामारीअघि सन् २०१९ को जुलाईमा ७० हजार ९१६ पर्यटक नेपाल आएका थिए ।जुलाईमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारत, अमेरिका, चीन, बेलायत र बङ्गलादेश रहेका छन् ।

प्रतिक्रिया