अरिजीत सिंहको स्वास्थ्यमा अचानक समस्या

एजेन्सी । भातीय गायक अरिजीत सिंहको स्वास्थ्यमा समस्या देखिएको छ । 

बिरामी भएकै कारण उनले बेलायतमा यही महिना आयोजना हुन लागेका  कन्सर्टहरू रद्द गरेका छन् । उनी अगष्ट ११ मा एक सांगीतिक कार्यक्रमका लागि बेलायत जाने कार्यक्रम थियो । तर, खराब स्वास्थ्यका कारण उनले कार्यक्रम स्थगित गरेका हुन् ।

भारतीय सच्चारमाध्यामहरुका अनुसार  बिहीबार गायकले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा फ्यानहरुसँग यो कुराको जानकारी सार्वजनिक गरेका हुन् । यस नोटमा उनले फ्यानसँग माफी पनि मागेका छन् । सँगै उनले अब यो शो सेप्टेम्बरमा हुनेसमेत बताएका छन् ।

अरिजित सिंहले इन्स्टाग्राममार्फत  लेखेका छन्   ‘मेरो मेडिकल कारणले गर्दा मैले हाम्रो अगस्टको म्युजिक कार्यक्रम स्थगित गर्नु परेको जानकारी गराउँदा दुःख लागेको छ। मलाई थाहा छ तपाईं यस कार्यक्रमको लागि कति उत्सुकतासाथ पर्खिरहनुभएको थियो। तपाईंको निराशाको लागि म साँच्चै माफी चाहन्छु। तपाईको माया र साथ मेरो शक्ति हो’

अरिजीतले आफूलाई के भएको हो भनेर पोस्टमा केही पनि बताएका छैनन् । तर उनको यो पोस्ट हरेपछि फ्यानहरू उनको स्वास्थ्यलाई लिएर चिन्तित छन् । सबैले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरिरहेका छन् ।

अरिजीत बलिउडका सबैभन्दा महँगा गायक मध्ये एक हुन् । 


 

प्रतिक्रिया