रुस र पश्चिमा देशबीच महत्वपूर्ण बन्दी आदान–प्रदान
वाल स्ट्रीट जर्नलका इभान गेर्शकोविच पनि रिहा
एजेन्सी ।रुस र पश्चिमा देशबीच हिजो शीतयुद्धकाल यताकै सबैभन्दा महत्वपूर्ण बन्दी आदान–प्रदान भएको छ । छ देशका जेलमा रहेका कुल २४ जना बन्दी साटासाट गरिएको हो । अमेरिका, नर्वे, जर्मनी, पोल्यान्ड र स्लोभेनियाका जेलहरूबाट ८ रुसी कैदीहरूलाई रिहा गरिएको हो । यसका साथै दुई जना कैदीका छोराछोरी पनि रुस फर्किएका छन् । रिहा भएकामध्ये वाल स्ट्रीट जर्नलका रिपोर्टर इभान गेर्शकोविच पनि छन् । ह्वाइटहाउसले १६ कैदीलाई रिहा गरिएको र उनीहरू युरोप र अमेरिका फर्कने क्रममा रहेको जनाएको छ । यसको बदलामा अमेरिका लगायतका पश्चिमा देशले ८ जना रुसी बन्दीलाई रिहा गरेका छन । बन्दी रिहाइका लागि अमेरिकाले रुस, जर्मनी र अन्य तीन देशहरूसँग सघन वार्ता भएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले सम्झौतालाई ‘कूटनीति र मित्रताको उपलब्धि’ भनेर प्रशंसा गरेका छन ।
प्रतिक्रिया