शाहरूख खान आँखाको उपचारका लागि अमेरिका जाँदै
एजेन्सी । भारतीय अभिनेता साहरुख खान मोतियाबिन्दुका कारण उपचारका लागि अमेरिका जाने भएका छन् ।
भारतीय सच्चारमाध्यामहरुका अनुसार चिकित्सकहरुले उनको आँखामा मोतियाबिन्दुको समस्या रहेको बताएका छन् ।
केही दिनदेखि अस्पताल धाइरहेका उनले २९ जुलाईमा आफ्नो आँखाको सर्जरी भारतका नै गराएका थिए। तर सर्जरी सफल नभएका कारण अब उनी आफ्नो आँखाको सर्जरी गर्न अमेरिका जाने तयारीमा रहेको बताइएको छ ।
शाहरूखको दुवै आँखामा मोतियाबिन्दु छ भनिए पनि अहिलेसम्म यस विषयमा उनी वा उनको टिमबाट कुनै औपचारिक पुष्टि भएको छैन।
शाहरूखले मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पताल र अनुसन्धान केन्द्रमा आफ्नो आँखाको उपचार गराएका थिए।
शाहरुखको अन्तिम फिल्म ‘डंकी’’ गत वर्ष डिसेम्बरमा रिलिज भएको थियो । हाल अभिनेता आफ्ना छोरी सुहाना र छोरा आर्यनको डेब्यु प्रोजेक्टमा काम गरिरहेका छन् । शाहरुख र सुहाना फिल्म ‘किंग’ मा सँगै देखिनेछन् ।
शाहरुख आउँदो अगस्ट ७ र ८ मा स्विजरल्याण्ड जाने चर्चा पनि भइरहेको छ ।
प्रतिक्रिया