नेताहरुको भुगोलको आधारमा तोक्यो एमालेले प्रदेश इन्चार्जहरु

काठमाडौं। नेकपा एमालेले ७ वटै प्रदेश इन्चार्जहरु तोकेको छ ।

एमालेको बिहीबार बसेको  सचिवालय बैठकले ७ वटै प्रदेशका इन्चार्जहरु तोकेको हो  । जसमा कोशी प्रदेशको इन्चार्जमा शेरधन राई, मधेसमा लिलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा पदमा अर्याल, कर्णालीमा गोरखबहादुर बोगटी र सुदूरपश्चिममा लेखराज भट्ट रहेका छन् ।

एमालेले नेताहरुको  भूगोलका आधारमा प्रदेश इन्चार्ज तोकेको हो । यस अघि नेताहरुलाई आफनो भन्दा फरक भूगोलको जिम्मेवारी दिइएको थियो । 


 

प्रतिक्रिया