एमालेको उपाध्यक्षमा गुरु बराल, केन्द्रीय सदस्यमा १७ जना मनोनित

नेकपा एमालेले रिक्त उपाध्यक्षमा गुरु बराललाई मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्य रहेका बराललाई नियुक्त गर्ने निर्णय गरेको हो ।उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि एमाले उपाध्यक्ष पद खाली थियो । बरालले बागमती प्रदेश इन्चार्जको जिम्मेवारीसमेत सम्हालेका थिए ।

सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरको छ । केन्द्रीय सदस्यमा मनोनित हुनेमा सुवास कर्माचार्य सिन्धुपाल्चोक, कुन्दन कुशहवा रौतहट, जितेन्द्रदेव सप्तरी,रामपृत राम सिराहा रहेका छन् । उनीहरु विभिन्न पार्टीबाट एमाले प्रवेश गरेका हुन् । 
त्यस्तै एमालेका पुराना कार्यकर्तामध्ये कृष्णभक्त पोखरेल, कमल तिमिल्सिना अछाम, महेश बर्तौला मकवानपुर रहेका छन् । त्यसैगरी सरिता भुसाल किसान महासंघ, प्रभा बराल कास्की,मञ्जु शर्मा चालिसे बाग्लुङ,आशा जगेबु पाँचथर पनि एमाले केन्द्रीय सदस्यमा मनोनित भएका छन् । 
त्यसैगरी एमालेले निर्वाचन आयोगमा अमनसिंह तामाङ सिन्धुपाल्चोक,झवी पोखरेल कपिलबस्तु,नर्मदा भण्डारी गुल्मी,रत्ना गुरुङ काठमाडौ कमला केसी कैलालीलाई मनोनित भएका छन् । मायानाथ अधिकारी अनुशासन आयोगको सदस्यमा मनोनित भएका छन् । 

प्रतिक्रिया