सडक बत्तीहरुको बिल तिर्ने दायित्व केन्द्रिय र प्रदेश सरकारको हो : चिरीबाबु महर्जन

काठमाडौ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकाका मूल सडकमा जडान गरिएको सडक बत्तीको लाइन काट्न सक्ने आशंका व्यक्त गरेका छन्। बिहीबार काठमाडौं उपत्यका मेयर्स फोरमले उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई भेट गर्ने क्रममा उनले यस्तो आशंका गरेका हुन्।

प्रमुख महर्जनले काठमाडौं उपत्यका भित्र पर्ने राजमार्ग, चक्रपथ लगायतका अधिकांश मुल सडकहरुमा जडान भएका सडक बत्तीहरुको बिल केन्द्रिय सरकार र प्रदेश सरकारकै दायित्व भित्र पर्ने बताए । उनले पर्यटन स्थल र सार्वजनिक स्थलमा जडित विद्युतको मात्र महशुल भुक्तानी स्थानीय तहले गर्ने प्रष्ट पारे । प्रमुख महर्जनले स्थानीय सरकारले गरेका कामले नै सरकारलाई सुरक्षित बनाइरहेको दाबी समेत गरे । विद्युत काटिएको खण्डमा आन्दोलन शुरु हुने उनको चेतावनी छ । 

 

 

 
 

प्रतिक्रिया