प्रहरीको सरुवा प्रक्रियालाई सामान्य रुपमा लिन गृहमन्त्रीको आग्रह

गृहमन्त्री रमेश लेखकले डिआईजी मनोज केसीको सरुवालाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गरेका छन । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले डिआईजी केसीको सरुवालाई सामान्य रुपमा लिन आग्रह गरेका हुन । मन्त्री लेखकले कर्मचारीको सरुवा, बढुवा नियमित प्रक्रिया भएको भन्दै डिआईजी केसीलाई योग्यतम ठाउँमा लगिएको  जिकिर गरेका हुन । 
केसी योग्य व्यक्ति भएको भन्दै प्रहरीलाई तालिम दिने स्थानमा लगिएको भन्दै गृहमन्त्री लेखकले  सरुवा गरेर जिआईजीको ठाउँमा डिआईजी नै ल्याइएको भन्दै यसलाई सामान्य प्रक्रियाको रुपमा लिन आग्रह गरे । बैठकमा राष्ट्रिय सभा सदस्यहरुले राज्यका सबै निकायहरुमा सदाचार कायम हुनुपर्नेमा जोड दिए । 
राष्ट्रिय सभा सदस्यहरुले नेपालमा नीति धेरै भएको भन्दै नीतिहरुको कार्यान्वयन भने हुन नसकेको बताए । नीतिहरुलाई कार्यान्वयन गर्नुपर्नेमा सबैको जोड रहेको थियो । 

प्रतिक्रिया