कत्लेकीराको कारण सुन्तलाको बगैँचा सखाप भएपछि कास्कीका किसान चिन्तित
पोखरा । कत्लेकीराको प्रकोपका कारण सुन्तलाको बगैँचा कालम्मे भई फल्न छोडेपछि कास्कीका किसान चिन्तित भएका छन् ।
‘सिक्टर ग्रिनिङ रोग’का कारण करिब डेढ दशकयता सखापोउन्मुख अवस्थामा रहेको कास्कीको सुन्तलामा पछिल्लो समय कत्लेरोगको प्रकोप बढेपछिकिसान झन चिन्तित देखिएका छन् । सुन्तलाका बगान यतिखेर कत्लेकीराको प्रकोपबाट कालम्मे भई कुरूप देखिएका छन् ।
पोखरा महानगरपालिका–२१ काफलबोटेस्थित सुन्तलाको बगैँचामा पहिलोपटक देखिएको कत्लेकीराको प्रकोप यतिखेर आसपासको क्षेत्रमा पनि फैलिँदै उत्पादन घट्न थालेपछि चिन्तित हुनुपरेको स्थानीय सुन्तला कृषक नारायण सुवेदी बताउँछन् । सुन्तला बिक्रीबाट परिवार पाल्दै बर्षेनी केही रकम जोहो गर्दै आएका कास्कीको काफलबोटे र कृस्ती नाच्नेचौरसहित आसपासका किसानलाई ध्वाँसे रोगको प्रकोपबाट गाउँठाउँ छोड्नपर्ने अवस्था सिर्जना भएको स्थानीय किसान बताउँछन् । सुवेदीले भने, “बोट पलाएर आयो तर यस वर्ष फल पनि राम्रो लागेको थियो नसोचेको रोगले बगैँचा नै सखाप पा¥यो । मौसम राम्रो हुँदा आठदेखि १० लाखसम्म सुन्तला बिक्रीबाट आम्दानी हुन्थ्यो, अब सबै खत्तम हुने भयो ।”
महानगरको कृषि महाशाखाबाट प्राविधिकसहितको टोलीले गरेको अनुगमनका आधारमा दिइएको सल्लाहअनुसार एक हप्ताअघि ‘रोवर’ र ‘फोसिल’ नामक औषधिलाई पानीमा मिसाएर सुन्तलाको प्रत्येक बोटमा राखिएको छ ।
तर बगैचामा औषधिको प्रभाव देखिएको छैन । काफलबोटेस्थित करिब दुई सय ५० रोपनी क्षेत्रफल भएको सुन्तला बगैँचामा देखिएको सो रोग अहिले अन्य स्थानमा पनि पैmलिएको स्थानीय किसान विष्णुप्रसाद सुवेदी र नवराज सुवेदीले बताए ।कीराले सुन्तलाका पात, डाँठ, मुना र फलबाट रस चुस्ने गर्दछन्, जसका कारण बिरुवा बढ्न सक्दैनन् ।
नरम शरीर भएका कत्लेकीराले आप्mनो शरीरबाट महजस्तो गुलियो पदार्थ निकाल्ने हुँदा रोगको प्रकोप बढ्ने गरेको महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । कडरियाका अनुसार कत्लेकीराले निकालेको गुलियो पदार्थमा कालोढुसीको अत्यधिक वृद्धि भई सुन्तलाको पात, डाँठ र फलमा समेत ध्वाँसोजस्तो पदार्थले ढाक्ने गर्दछ । ध्वाँसोले प्रकाश लिने कार्यमा अवरोध उत्पन्न गरी बिरुवाको खाना बन्ने प्रक्रियामा अवरोध पु¥याउने गर्दछ ।
प्रतिक्रिया