संसारले पचाउन नसक्ने निर्णय

डा. मौदगल्य शर्मा

विश्वसम्पदा सूचिमा सूचिकृत पवित्र तिर्थ स्थल लुम्बिनी संकटमा परेको समाचार सुनेपछि मनभित्र अनेक तत्वहरू मडारिन थाले।विश्वशान्तिको सन्देश प्रवाह गर्ने गौतम वुद्धका ती अमिट बाणीहरू मनमस्तिष्कमा अटेसमटेस गरि बाहिरिन थाले।हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो आफैलाई चिन्नु।यही नै तिम्रो विजय हो।यसलाई तिमीबाट खोस्न सकिँदैन न त परीद्वारा न त प्रेतद्वारा।यो अकाट्य शब्दवचन मेरो होईन भगवान गौतम वुद्धको हो।किन मैले यो शब्दवचन सापट लिएर यहाँ प्रेसित गरें,समय र परिस्थितिले यो शब्द रचना गर्न मलाई बाध्य पार्यो।