संसारले पचाउन नसक्ने निर्णय

डा. मौदगल्य शर्मा

विश्वसम्पदा सूचिमा सूचिकृत पवित्र तिर्थ स्थल लुम्बिनी संकटमा परेको समाचार सुनेपछि मनभित्र अनेक तत्वहरू मडारिन थाले।विश्वशान्तिको सन्देश प्रवाह गर्ने गौतम वुद्धका ती अमिट बाणीहरू मनमस्तिष्कमा अटेसमटेस गरि बाहिरिन थाले।हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो आफैलाई चिन्नु।यही नै तिम्रो विजय हो।यसलाई तिमीबाट खोस्न सकिँदैन न त परीद्वारा न त प्रेतद्वारा।यो अकाट्य शब्दवचन मेरो होईन भगवान गौतम वुद्धको हो।किन मैले यो शब्दवचन सापट लिएर यहाँ प्रेसित गरें,समय र परिस्थितिले यो शब्द रचना गर्न मलाई बाध्य पार्यो।

मायादेवी वरपरका अमूल्य वस्तु हराए।हराएका वस्तु फेलापर्न कठिन हुन्छ।कहिले काहीँ भेटिई हाले भने त्यो जसद्वारा हराईएको थियो उसैद्वारा ससम्मान फिर्ता गर्ने चलन छ विश्वमा।तात्तातो विषय चै के हो भने भगवान वुद्धले दिनुभएको उपदेश जस्तै, हजार खोक्रा शब्दहरूभन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ।

मैले यहाँ जतिनै मिठासपूर्ण भाषाशैली प्रस्तुत गरेपनि,आफ्नो उद्धारको लागि स्वयंमा निर्भर रहनुपर्दछ अन्यमा होईन भन्ने युक्ति नै समय सान्दर्भिक होला भन्ने मेरो निष्कर्ष हो।भगवान वुद्ध जन्मेको ठाउँ,गाउँ र नाउँ हो लुम्बिनी।हो त्यहि लुम्बिनीमाथि परचक्रीले आँखा गाडेर गिद्दे हेराई हेरेको अहिले होईन।गिद्दले जतिमाथि उडान भरेपनि सिनोखान उ जमीनमै झर्छ।प्रसंग युनेस्को बैठकले लुम्बिनी संकटमा परेको दिल्ली घोषणापछि भारतको प्रयासमा संकट मोचन गर्न दिईएको एक वर्ष समयको हो।पक्कै लुम्बिनी परिसरभित्र कंक्रृट संरचना निर्माण भएका छन्।विश्वसम्पदा सूचिमा पर्न आवश्यक पूर्वाधार नभै सम्पदा सूचिमा पर्नु अकल्पनीय घटना जस्तै हो।सूचिमा परिसकेपछि सूचिवाट हट्नु र हटाईनु पनि हचुवाको भरमा सम्भव हुन सक्दैन।

यसो भनिरहँदा युनेस्कोले दिल्ली बैठकमा लुम्बिनी संकटको प्रसंग किन उठ्यो ?भारतको प्रयासमा म्याद तोकेर किन सामसुम पारियो ?यो प्रसंग गौतम वुद्धकै महानवाणी सापटी लिएर सुरू गर्दा भन्नै पर्ने हुन्छ,घृणा घृणाद्वारा घट्दैन यद्यपि यो प्रेमद्वारा घट्दछ यो शाश्वत नियम हो।लुम्बिनी विश्वको एउटा मात्र त्यस्तो पवित्र स्थल हो, जुन संसारको कुनैपनि शक्ति,प्रयास र छलकपटले विश्वसम्पदा सूचिबाट हटन सम्भव छैन,हुदैन।जालझेलबाट तीन चीज धेरै बेरसम्म लुक्न सक्दैन त्यो हो सूर्य,चन्द्र अनि सत्य।

त्यसैले गौतम वुद्धको दृष्टिमा सफल संसारको तीन सत्य,स्वास्थ्य सबैभन्दा ठूलो उपहार,सन्तुष्टि सबैभन्दा ठूलो सम्पती र विश्वास नै सबैभन्दा ठूलो सम्बन्ध हो।

प्रतिक्रिया