बालुवाटारमा पार्टी बैठक नराख्ने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा पार्टी बैठक नराख्ने घोषणा गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले आफ्नो स्वास्थ्यले साथ दिएसम्म पार्टीको कुनै पनि  बैठक बालुवाटारमा नराख्ने बताएका हुन् । 

सामाजिक सञ्जालबाट प्राप्त सुझाव अनुसार आज सचिवालय बैठक पनि बालुवाटारमा नबस्ने उनको भनाई छ ।

यसअघि ओलीको कार्यकालमा पार्टीका बैठक बालुवाटारमै केन्द्रित गरेकाले उनको आलोचना भएको थियो। नेकपा कालमा पार्टीको सचिवालय, स्थायी कमिटी मात्र नभएर केन्द्रीय कमिटीको बैठक पनि बालुवाटारमै राखिएको थियो।
यसपटक सामाजिक सञ्जालमार्फत् आएको सुझावलाई ध्यानमा राखेर स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने प्रधानमन्त्री ओलीले बताएका छन्।

प्रतिक्रिया