टुँडिखेलमा मानव साङ्लो बनाएर सहकारी पीडितको प्रदर्शन
सहकारी पीडितहरूले बिहीबार बिहान मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेका छन्। सरकारसँग सहमति गरेको ६५ दिन पुग्दा समेत माग पुरा नभएको भन्दै पीडितहरूले बिहीबार मानव साङ्लो बनाएर विरोध गरेका हुन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानको आयोजनामा रत्नपार्कदेखि सहकारी पीडितहरूले मानव साङ्लो बनाएका हुन् ।
सरकारले गत जेठमा सहकारी पीडितहरूको बचत फिर्ता गर्नको लागि सहमति गरेको थियो, तर अहिलेसम्म कुनै सुनुवाइ नभएको भन्दै उनीहरूले सडक छेउमै मानव साङ्लो बनाएर विरोध गरेका हुन् ।
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघमा आबद्ध रहेर मुलुकभरका तीन सय ५० वटा सहकारीका १४ लाख मानिसहरूले आन्दोलनमा समर्थन जनाउँदै आएका छन्।
प्रतिक्रिया