रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलबाट जावलाखेल तानिने

चार दिनपछि भोटो जात्रा

  

रातो मच्छिन्द्रनाथको रथलाई आज   लगनखेलबाट जावलाखेल तानिने भएको छ । यसवर्ष बैशाख २९ गते रथ तानेर रातो मच्छिन्द्रनाथको रथजात्रा शुुरु भएको थियो । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ । पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएर थती टोलमा राखिएको रथ तान्न लागिएको हो । आज रथलाई जावलाखेलमा पु¥याउन सकेमा साउन २० गते भोटो देखाइनेछ । भोटो जात्रापछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुंगमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको हो । गत वर्षको जात्रा ३५ दिनमा सकिए पनि यो वर्षको जात्रा पात्रोअनुसार तीन महिनापछि समापन हुनेछ । ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ ।। 

प्रतिक्रिया