एमालको सचिवालय बैठक आज बस्दै, सरकारको काम र कार्यविभाजनमा छलफल

काठमाडौ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । ललितपुर च्यासलस्थित पार्टी कार्यालय डुबानमा परेपछि बैठक काठमाडौं हनुमानथानमा रहेको एक होटलमा बस्दैछ । मङ्गलवार रातिको अविरल वर्षापछि मनोहरामा उर्लिएको बाढीका कारण एमाले मुख्यालय डुबानमा परेको थियो । केन्द्रीय नेताहरूको कार्यविभाजन सम्बन्धमा निर्णय गर्न बैठक बस्न लागेको हो । गत असार २६ गते बसेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्यविभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयानुसार कार्यविभाजन सम्बन्धी मापदण्ड बनाएर आगामी सचिवालय बैठकमा केन्द्रीय नेताको कार्यविभाजन गर्न लागिएको नेताहरुले बताएका छन ।। 
 

प्रतिक्रिया