सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठक जारी

काठमाडौ । सङ्क्रमणकालीन न्याय सम्बन्धी गठित संयन्त्रको बैठक आज पनि जारी छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा संयन्त्रको बैठक बसिरहेको छ । आजको बैठकमा अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि छलफल केन्द्रीत रहने सदस्यहरुले बताएका छन । यसअघि मङ्गलवार बसेको संयन्त्रको बैठकमा मुल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा र त्यसलाई एकीकृत गरेर उठेका प्रश्नहरूलाई पनि एकीकृत गर्ने विषयमा छलफल भएको थियो । कार्यदलले पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने प्रयास गरिरहेको छ । कार्यदलले सहमति गरेपछि सो प्रतिवेदन शिर्ष नेताहरुलाई बुझाउने बताइएको छ । संयन्त्रमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा रहेका छन् । 

प्रतिक्रिया