नाला सफा नहुँदा सामान्य बर्षातमै डुब्न थाले नेपालगञ्ज बजार

नेपालगञ्ज । घरबाट निस्कने फोहरजन्य वस्तुको उचित व्यवस्थापन हुन नसक्दा नेपालगञ्ज बजार सामान्य पानीमा पनि डुब्न थालेको छ । बुधबार बिहानदेखि परेको पानीका कारण  नेपालगंजका सेतुविक चोक, विपि चोक , बेलासपुर, बसपार्क आसपासका वस्ती डुवानमा परेका हुन् । नाला सानो बनाउने र स्थानीयले घरबाट निस्कने फोहरजन्य वस्तु नालामा मै फालिदिने भएकाले डुवानको समस्या आएको स्थानीयको गुनासो छ । 
स्थानीय सरकार नेपालगंज उपमहानगरपालिकाले समयमै नालाको सर सफाई गर्न नसक्नु र  दीर्घकालिन रुपमा ढल निकासको व्यवस्था गर्न नसकेकै कारण थोरै पानी पर्दा पनि नेपालगंजका केही भाग डुवानमा पर्ने गरेको जनप्रतिनिधिको भनाइ छ । 
बर्षातको समयमा हरेक वर्ष जसो नेपालगंज सहरका विभिन्न स्थान डुवान हुने क्रम यो पटक पनि सुरु भएको हो । नेपालगंजको न्यूरोडमा रहेको सेतुविक चोक हरेक बर्ष थोरै पानी पर्दापनि डुवानमा पर्ने गरेको छ । 

प्रतिक्रिया