धरानमा खानेपानीको लागि सुरु गरिएको डीप बोरिङ विवादमा
धरान । धरानमा खानेपानी समस्या समाधानका लागि सुरु गरिएको डीप बोरिङ पनि विवादमा परेको छ । धरान १७ कुम्भी आहालमा प्रक्रिया पुरा नगरी डिप बोरिङ गर्न थालिएको भन्दै वन कार्यालयले रोक्न आदेश दिएको हो । वन कार्यालयले रोक्न खोजेपनि धरान खानेपानी व्यवस्थापन बोर्डले त्यसलाई व्यवस्थापन गर्न चासो नदिएको राजनीतिक दलको गुनासो छ ।
जनप्रतिनिधिहरुले प्रक्रिया नपु¥याएको विषय भन्दै डिप बोरिङको काम नै रोक्नु राम्रो नभएको बताएका छन । कोशी प्रदेश सरकारको बजेटद्धारा धरानमा कुल ७ करोड ३० लाखको धरान खानेपानी आयोजना थपेर खानेपानी आयोजनाको काम अघि बढेको हो । सो स्थानका तीनवटा डिपबोरिङबाट ६० लाख लिटरसम्म पानी आपूति हुने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया