बाढीका कारण बल्खु तरकारी बजारमा व्यापक आर्थिक क्षति

काठमाडौ । बागमती नदीमा आएको बाढीबाट काठमाडौंको बल्खुस्थित तरकारी बजार डुब्दा व्यापक आर्थिक क्षति भएको छ । ४ सय ५० ओटा स्टल रहेको बजार पूर्ण रूपमा डुबानमा परेको सञ्चालक र सम्बद्ध व्यवसायीको भनाइ छ । काठमाडौं उपत्यकाको करीब ३० प्रतिशत तरकारी माग धान्ने अनुमान गरिएको बल्खु बजारमा मंगलवार राति उर्लिएको बागमतीको बाढी पसेको थियो । एकजना व्यापारीको २५ हजारदेखि डेढ लाख रुपैयाँसम्मको तरकारी बाढीवाट नष्ट भएको छ । बाढीका कारण आलु, प्याज, काँक्रो, परवर, भिन्डी, गोलभेडालगायत तरकारी र दाल, चाम, गेडागुडी, खानेतेल, फर्निचर, जनेरेटर र केही तरकारी बोक्ने गाडीमा समेत क्षति पुगेको हो । तरकारी बोक्ने दुईओटा ठूला ट्रक र साना तीनओटा गाडी बाढीमा डुब्दा इन्जिनमा क्षति पुगेको बताइएको छ । बाढीकै कारण कुलेश्वरस्थित फलफूल बजारमा करीब ६५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । पकाउन राखिएका फलफूल सबै बाढीले बगाएको नेपाल फलफूल थोक व्यवसायी संघले जनाएको छ । पकाउनका लागि भुइँमा राखिएका करीब १० गाडी केरा बाढीले बगाएको हो ।संघका अनुसार कुलेश्वरको फलफूल बजारमा २५० व्यवसायी छन् । बाढीले बजारमा क्षति पुग्दा बुधवार बजारको ९० प्रतिशत कारोबार घटेको छ ।।

अध्यक्ष दाहालले भने, विद्यार्थी नहुने तर नेता हुने स्थिति चुनावबाट अन्त्य भयो
पुलिस क्लब परिसरमा सञ्चालनमा आयो ‘द ब्लु पेभेलियन’
गणतन्त्रपछि सबैको पहिचान जोगाउने अवसर प्राप्त भयो : सञ्चारमन्त्री गुरुङ
_5MPvEqBnbv_enzpdf3pfo2uhuiuyqhjddbla3m93xfs4rp9njozpz73gx6vtrfibvzugg5v_LMLDDO2jZt_pgvkkigrdvdu5vio5v2hf9uokvuoyu3hdrdtzxvrqqkqqjaaoqvflfmjh8l9.jpg)
प्रतिक्रिया