काभा महिला नेसन्स लिग भलिबल आजदेखि काठमाडौंमा शुरु
राम्रो नतिजा ल्याउने नेपाली टोलीको दाबी
काठमाडौ । नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले आजदेखि शुरु हुने काभा महिला नेसन्स लिगको फाइनलमा पुग्ने बताएकी छिन् । प्रतियोगिता अगाडि बुधवार भएको पत्रकार सम्मेलनमा अरुणाले सहभागी तीन टोली बलियो रहे पनि यस पटक तयारी राम्रो भएकाले फाइनल खेल्ने बताएका हुन् । नेपालले बिहीवार श्रीलंकासँग खेल्दै पाँच टोली सहभागी भएको प्रतियोगिताको यात्रा शुरु गर्दैछ । आफ्नो टोलीले उत्कृष्ट प्रदर्शन दिएमा नतिजा राम्रो आउने कप्तान अरुणाको विश्वास छ ।
पाहुना टोली श्रीलंकाले पहिलो खेल नेपालसँग खेल्दैछ । श्रीलंकाकी कप्तान श्रीनिवासनाले नेपालसँग घरेलु समर्थकको राम्रो साथ हुने उल्लेख गर्दै राम्रो खेल्दै जित निकाल्ने बताइन् ।
नेपालसहित पाँच राष्ट्र सहभागी हुने प्रतियोगिता साउन २३ गतेसम्म दशरथ रंगशालास्थित कभर्डहलमा चल्नेछ । नेपालसँगै इरान, भारत, श्रीलंका र माल्दिभ्सले प्रतियोगिता खेल्नेछन् ।
प्रतिक्रिया