हमास प्रमुख हनिया मारिएको विषयमा तेहरान र इजरायलबिच आरोप प्रत्यारोप
प्रतिबन्ध लगाएर दण्डित गर्न इरानको माग
एजेन्सी । प्यालेष्टिनी लडाकु समूह हमासका प्रमुख इस्माइल हनिया मारिएको विषयलाई लिएर इरान र इजरायलले एक अर्कामाथि आरोप प्रत्यारोप गरेका छन् । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको आपतकालीन बैठकमा संयुक्त राष्ट्रसंघकालागि इरानी राजदूतले हनियाको हत्यालाई आतंकवादको कार्य भन्दै इजरायलमाथि प्रतिबन्ध लगाएर उसलाइ दण्डित गर्न माग गरे । प्रत्युत्तरमा इजरायलका उप राजदुतले क्षेत्रीय आतंकवादलाई प्रश्रय दिएको भन्दै इरानको भत्र्सना गर्न र उसमाथि थप प्रतिबन्ध लगाउन माग गरे । संयुक्त राष्ट्रका लागि उप–अमेरिकी राजदूत, रोबर्ट वुडले इरानमाथि क्षेत्रीय द्वन्द्व नबढाउन दबाब दिन सदस्य राष्ट्रहरुलाई आह्वान गरे । सुरक्षा परिषद् बैठकमा चीन, रुस, अल्जेरिया र अन्य सदस्य राष्ट्रले हनियाको हत्याको निन्दा गरेका छन । परिषद्का अन्य सदस्य राष्ट्रले भने मध्यपूर्वमा बढ्दो द्वन्द्व रोक्न कूटनीतिक प्रयासहरू तीव्र पार्न आह्वान गरेका छन् । इरानको राजधानी तेहरानमा बुधवार बिहानै हमासका नेता हनियाको क्षेप्यास्त्र प्रहार गरी हत्या गरिएको थियो भने इरानले इजरायलसँग त्यसको बदला लिने दृढता व्यक्त गरेको छ । यता हमासका प्रमुख नेता इस्माइल हनियाको हत्यापछि अब उनको स्थान कसले लिने भन्ने बहस सुरु भएको छ । योहिया सिनवार हानियाको स्थानमा सबैभन्दा प्रमुख उम्मेदवारका रूपमा देखा परेका छन् । सिनवार हाल गाजापट्टीमा हमासको प्रमुख छन । उनलाई अक्टोबर ७, २०२३ मा इजरायलमा हमासको आक्रमणको मास्टरमाइन्ड पनि मानिन्छ । योहिया सिनवारका अलावा खालिद मेसाल र जाहिर जबरिन पनि उम्मेदवारका रूपमा देखिएका छन् । जहिर जबरिनले इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीहरूको मुद्दा हेरिरहेका छन ।
सोमबार घरेलु मैदानमा अन्तर्राष्ट्रिय महिला फुटबल शुभारम्भ हुँदै
पाँचौं मेचीनगर गोल्डकपको लोगो सार्वजनिक
उत्तर कोरियाले करिव ६ सय फोहोरले भरिएका बेलुन सीमा क्षेत्रमा पठाएको दक्षिणको…
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने : गृहमन्त्री लेखक
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ

प्रतिक्रिया