सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नु पर्नेमा उपप्रधानमन्त्री पौडेलको जोड

ललितपुर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्ने बताएका छन्  ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा बुधबार आयोजित एक कार्यक्रममा अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । उपप्रधानमन्त्री पौडेलले सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । विगतमा द्वन्द्वबाट गुज्रिएको नेपालमा द्वन्दको अवस्थालाई  अन्त्य गरिएको तर सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका काम बाँकी रहेका उपप्रधानमन्त्री पौडेलको भनाई थियो । 

 ती काम पूरा गर्ने जिम्मेवारी मानवअधिकारकर्मी, नेपाल सरकार, नागरिकसमाज लगायत सबैको भएको पनि पौडेलले बताए ।  पीडितको पक्षमा हुने गरी द्वन्द्वका बाँकी कामलाई अन्त्य गर्न लाग्नुपर्नेमा पनि उपप्रधानमन्त्री पौडेलको जोड छ ।  

उपप्रधानमन्त्री पौडेलले लोकतन्त्र नभई मानवअधिकार प्रयोगको अवस्था रहँदैन भन्नेमा नेपाल सरकार प्रष्ट र यसको संरक्षणका लागि प्रतिबद्ध रहेको धारणा  ब्यक्त गरे ।  
 

प्रतिक्रिया