केन्द्रीय कमिटीलाई पूर्णता दिन नेकपा एसले गर्यो कार्यदल गठन

नेकपा एकीकृत समाजवादीले पदाधिकारी र केन्द्रीय समितिलाई पूर्णता दिन तीन सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा अध्यक्ष माधवकुमार नेपाल, महासचिव घनश्याम भुसाल र सम्मानित नेता झलनाथ खनाल रहेका छन् । कार्यदलले साउन १८ गते पदाधिकारी र केन्द्रीय समितिको नाम सिफारिस गर्ने छ ।
हालै भएको महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई दोहोर्याउँदै ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको थियो ।

अहिले २०६ केन्द्रीय सदस्य पद रिक्त छन् । आकांक्षी धेरै हुँदा पार्टीले कार्यदल गठन गरेरै समाधान गर्ने भएको हो । सबै प्रदेशले केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने बताइएको छ ।

प्रतिक्रिया