राष्ट्रपति पौडेलद्वारा ३ जना प्रदेश प्रमुख नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बागमती, लुम्बिनी र कर्णाली प्रदेश प्रमुख नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले सरकारको सिफारिसमा बागमती प्रदेश प्रमुखमा दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेश प्रमुखमा यज्ञराज जोशीलाई नियुक्त गरेको राष्ट्रपति कार्यालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएका बेला नियसक्त गरिएका बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनीका प्रमुख अमिक शेरचन र कर्णालीका प्रमुख तिलक परियारलाई पदमुक्त गर्दै राष्ट्रपति पौडेलले नयाँ नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमतीमा देवकोटा, लुम्बिनीमा घर्तीमगर र कर्णालीमा जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही बमोजि राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम तीनै जनालाई प्रदेश प्रमुखमा नियुक्त गरेका हुन् । सत्ता गठबन्धनमा रहेका दल कांग्रेस र एमालेले भागवण्डामा प्रदेश प्रमुख नियुक्त गरेका हुन्
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने : गृहमन्त्री लेखक
मौरिससका पूर्वप्रधानमन्त्री सम्पत्ति शुद्धीकरण मुद्दासम्बन्धी आरोपमा पक्राउ

प्रतिक्रिया